भारतमा अक्सिजनकाे हाहाकार, दर्जनौं संक्रमितकाे मृत्यु, सेना लगाएर सबै प्लान्ट कब्जा गर्न केजरिवालकाे अपील

नयाँ दिल्ली । काेराेना भाइरसकाे संक्रमण अप्रत्यासितरुपमा बढेपछि भारतमा हाहाकार मच्चिएकाे छ ।

देशका अधिकांश अस्पतालमा अक्सिजनकाे आपूर्ति नहुँदा आईसियूमा भर्ना भएका बिरामीकाे मृत्यु हुन थालेकाे छ ।

दिल्ली उच्च अदालतले अक्सिजनकाे कमीका कारण मृत्यु हुन थालेपछि घटनालाई संज्ञानमा लिँदै आपूर्तिमा लापरवाही गर्नेहरुलाई फाँसीकाे सजाय दिने चेतावनी दिइएकाे छ । अक्सिजनकाे सबैभन्दा बढी संकट दिल्लीमा देखिएकाे छ ।

यसैबीच भारत सरकारले अक्सिजनकाे आयातमा लाग्ने सबै कर छूटकाे घाेषणा गरेकाे छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले देशमा अक्सिजन उत्पादन गर्ने सबै प्फान्टलाई सेना परिचालन गरि सरकारकाे स्वामित्वमा लिन केन्द्र सरकारसँग अपिल गरेका छन् ।

याे पनि पढ्नुस  महामारीको रौद्र रुपः विवश र असहाय जनता, लास जलाउन समेत घण्टाै लाइन, एकैदिन साढे ३ लाख संक्रमित

दिल्लीमा पछिल्लाे २४ घण्टामा मात्रै ३५७ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

शनिवार मात्रै दिल्लीकाे जयपुर गाेल्डन अस्पतालमा अक्सिजनकाे कमीका कारण २० जना संक्रमितकाे मृत्यु भएकाे छ । शनिवार मात्रै पञ्जाबकाे नीलकण्ठ अस्पतालमा अक्सिजनकाे कमी भएपछि ५ जना बिरामीकाे मृत्यु भएकाे छ । न्युयाेर्क टाईम्सका अनुसार दुइदिन यता अक्सिजनकै अभावका कारण ३० जना बालबालिकाकाे निधन भएकाे छ ।

याे अवधिमा देशभरि ३ लाख ४८ हजार भन्दा बढी संक्रमित भएका छन् भने २७ सय बढीकाे मृत्यु भएकाे छ ।

याे पनि पढ्नुस  महामारीको रौद्र रुपः विवश र असहाय जनता, लास जलाउन समेत घण्टाै लाइन, एकैदिन साढे ३ लाख संक्रमित

सबैभन्दा बढी संक्रमण देखिएकाे महाराष्ट्रमा पछिल्लाे २४ घण्टामा ६ सय ७६ जनाकाे निधन भएकाे छ ।

यसैबीच केन्द्र सरकारले एयरफाेर्सका विमानबाट विदेशबाट अक्सिजन निर्यात गरिएकाे बताएकाे छ । केन्द्रीय मन्त्री पीयूष गाेयलले देशैभरि अक्सिजन अापुर्ति निरन्तर भईरहेकाे भन्दै ट्विट गरेका छन् ।  तर संक्रमितकाे संख्या ह्वात्तै बढेका कारण दिल्लीका गंगाराम, शिशडाेल, सराेज, अग्रसेन, बत्रा लगायतका र देशका अन्य अस्पतालमा अाधा एक घण्टाका लागि मात्रै अक्सिजन उपलब्ध रहेकाे भारतीय मिडियाले जनाएका छन् ।

याे पनि पढ्नुस  महामारीको रौद्र रुपः विवश र असहाय जनता, लास जलाउन समेत घण्टाै लाइन, एकैदिन साढे ३ लाख संक्रमित

कतिपय अस्पतालले अक्सिजन नभएकाे हुँदा बिरामी भर्ना लिन नसकिने भन्दै सूचना टाँस समेत गरेका छन् ।

मुम्बई, बनारस, लखनउ जस्ता शहरमा समेत अक्सिजनकाे हाहाकार मच्चिएकाे भारतीय मिडियाले जनाएका छन् ।

पछिल्लाे समय युके भेरियन्टकाे संक्रमण बढेपछि अस्पताल पुगेका बिरामीहरु भेन्टिलेटरमा राख्नुपर्ने अवस्था देखिएपछि अक्सिजनकाे संकट चुलिएकाे हाे । भारतमा देखिएकाे संकटलाई लिएर विश्व स्वास्थ संगठन लगायत कैयन देशले चिन्ता व्यक्त गरेका छन् ।अावरण तस्वीर: ईपिए

कमेन्ट गर्नुहोस्