समाचार लेखेकै कारण उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकारलाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो अनिस भन्ने श्यामबहादुर तामाङ र प्रभात भन्ने दुर्गालाल तामाङलाई काठमाडौं प्रहरी परिसरले कार्यालयबाटै पक्राउ गरेको हो ।

उक्त अनलाइनले केहीदिन पहिले भारतीय ’रअ’ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच ४ बुँदे सहमति भएको भन्दै समाचार प्रकाशन गरेको थियो । तर गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि अनलाइनले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ ।

याे पनि पढ्नुस  गोरु काटेको आरोपमा ५ जना पक्राउ

तर प्रहरीले राज्यविरुद्ध र लिखतसम्बन्धी कसुरको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्