१० को परीक्षण गर्दा ९ जनामा संक्रमण, अस्पताल बन्द

नेपालगञ्ज । एक जना विशेषज्ञ चिकित्सकसहित ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सबै सेवा बन्द गरिएको छ ।

क्यान्सर अस्पतालका निर्देशक डा. कृष्ण आचार्यका अनुसार कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर राखेर आइतबारदेखि शुक्रबारसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको हो ।

याे पनि पढ्नुस  हुम्लामा कोरोनाको आशंका, चिकित्सक टोली खटाइयोे

उनले सो अस्पतालका चिकित्सकसहित १० जनाको कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएकोले अस्पताललाई सिल गरिएको बताए ।

संक्रमण पुष्टि भएका ९ जना मध्ये एक जना विशेषज्ञ चिकित्सक, ५ जना स्टाफ नर्स, एक जना ल्याब प्राविधिक र दुई जना कर्मचारी रहेको अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोना निको हुनेको संख्या ७६ हजार नजिक

संक्रमित भएका मध्ये ६ जना अस्पतालकै आइसोलेसनमा रहेका छन् भने ३ जना होम आइसोलेसनमा रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैगरि बाँकेको राप्तीसोनारी गाउँपालिकाका १७ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ र गाउँपालिकाको कार्यालयलाई सिल गरिएको छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमित बागलुङकी युवतीको अवस्था के छ ?

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई संक्रमण भएपछि अन्यको परीक्षण गर्दा थप १७ जना सबै कर्मचारी संक्रमित भेटिएका थिए ।

सोहि प्रकारले नेपालगञ्जस्थित जनक शिक्षा सामाग्रीका केही कर्मचारीमा पनि संक्रमण देखिएपछि सो कार्यालय पनि बन्द गरिएको जनाईएको छ ।

 

कमेन्ट गर्नुहोस्