उपत्यकाका प्रशासन कार्यालयमा सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय भोलि सोमबारदेखि लागू हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । कोरोना संक्रमण बढ्दै गएपछि उक्त निर्णय गर्नुपरेको उनले बताए ।

अत्यावश्यक काम शान्ति–सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो । नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ(संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको छ ।

कमेन्ट गर्नुहोस्