आइपीएल: चेन्नई र बैंगलुरु भिडदै, चेन्नईको आक्रामक शुरुआत

वानखेडे । आइपिएलको यो सिजनअन्तर्गत अहिले चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिष्पर्धा हुँदैछ ।

टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको चेन्नईले पहिलो ६ ओभरमा नै ५० रन जोडन सफल भएको छ । यो समाचार लेख्दासम्म ८ ओभरको समाप्तीमा चेन्नईले विकेटको क्षति बिना नै ६९ रन जोडन सफल भएको छ ।

याे पनि पढ्नुस  आइपीएल : मुम्बईविरुद्ध टस जितेर बलिङ गर्दै चेन्नई

वानखेडे स्टेडिएममा दिउँसो खेलिने खेलमा टस जितेर ब्याटिंगको निर्णय गरेको यो पहिलोपटक हो । योसँगै कप्तान महेन्द्रसिंह धोनीले टीममा दुईवटा परिवर्तन समेत गरेका छन् ।

मोइन अलि र लुंगी एनगिडीको स्थानमा ब्रावो र एमरान ताहिर भित्रिएका छन् । ताहिरको यो सिजनको यो पहिलो खेल हो ।

याे पनि पढ्नुस  आइपीएल : दिल्लीले दियो चेन्नईलाई १७६ रनको लक्ष्य

बैंगलुरुका तर्फबाट कप्तान बिराट कोहलीले केन रिचर्डसन र शाहबाज अहमदको स्थानमा डेनियल क्रिश्चियन र नवदीप सैनीलाई टीममा समावेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्