‘सरकार गर्न नहुने काममा बढी व्यस्त देखियो’

आज सरकार गर्नुपर्ने काम नगरि गर्न नहुने र नपर्ने काममा बढी व्यस्त देखिन्छ । कोरोना माहामारीले विश्वमै आतंकित बनाइरहेको यस जटिल घडीमा जनताको स्वास्थ्यका बारेमा सोच्नको साटो सरकार बिना डिपिआरका योजनाको शिलान्यास गर्ने र बिना निर्माण सम्पन्न धरहरा जस्ता गौरवका संरचनाको ऊद्घाटन गरी अपरिपक्वता प्रदर्शन गरिरहेको छ ।

सम्मानित अदालतले समाचार लेखेकै भरमा धरपकड नगर्नु भनि दिएको अन्तरिम आदेशलाई पनि लत्याएर पत्रकारमाथि गरिएको धरपकड अदालत माथिको मानहानी हो ।

संविधान च्यातेर निरंकुशता र तानाशाहको रूप धारण गरिसकेको सरकारले एकपछि अर्को अदालतको अपहेलना गरिरहेको छ । सम्मानित अदालतले समाचार लेखेकै भरमा धरपकड नगर्नु भनि दिएको अन्तरिम आदेशलाई पनि लत्याएर पत्रकार माथि गरिएको धरपकड अदालत माथिको मानहानी हो ।

याे पनि पढ्नुस  उपेन्द्र यादव भन्छन्, ‘ओलीले सरकारको नेतृत्व गर्ने नैतिकता समाप्त भइसक्यो’

लेखिएको वा छापिएको कुरामा सत्यतथ्य छानविन हुनुपर्दछ, न कि वाक स्वतन्त्रता माथि हनन् । सरकार द्वारा गरिने यस्ता खालका गैरजिम्मेवार कार्यले लोकतन्त्रलाई नै खतरा पुग्ने हुँदा जनजनबाट आवाज ऊठ्न जरुरी छ ।

कमेन्ट गर्नुहोस्