चेन्नईसँग हारपछि कोहलीलाई अर्को झड्का, आइपिएलले लगायो १२ लाखको जरिवाना

नयाँ दिल्ली, रोयल च्यालेन्जर बेंगलुरुका कप्तान बिराट कोहलीमाथि जरिवाना लगाईएको छ ।

आइपिएलको हिजो भएको खेलमा सुस्त ओभर गति (स्लो ओभर)का लागि कोहलीमाथि १२ लाख भारतीय रुपैयाँ जरिवाना तोकिएको हो । कोहलीको टीम चेन्नइसँग ६९ रनले हारेको थियो ।

आइपिएलले जारी गरेको विज्ञप्ती अनुसार, आइपिएल आचारसंहिताका अनुसार, सुस्त ओभर गतिका लागि टीमको पहिलो अपराध भएकोले १२ लाख जरिवाना तोकिएको हो ।

याे पनि पढ्नुस  आइपिएलका बाँकी खेल युएईमा हुने

यो सिजनमा चेन्नईसँग आरसिबीको पहिलो हार थियो । यसअघि कोलकत्ता नाइट राइडर्सका कप्तान इयोन मोर्गन, मुंबई इंडियंस का कप्तान रोहित शर्मा र चेन्नई सुपर किंग्सका कप्तान महेंद्र सिंह धोनीमाथि पनि १२ लाखको जरिवाना लागिसकेको छ ।

लगातार चारपटक जितेको आरसिबी हिजोको खेलमा भने नराम्रोसँग पराजित भएको थियो ।

याे पनि पढ्नुस  इन्डियन प्रिमियर लिगः विराटको टिमलाई लगातार झड्का !

अंकतालिकामा चेन्नई सबैभन्दा माथि पुगेको छ ।

कमेन्ट गर्नुहोस्