त्रिविका सम्पूर्ण परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बढ्दो कोभिड १९( कोरोना भाइरस ) का कारण मङ्गलबार (भोलिदेखि ) सबै तहका परीक्षा स्थगित गरिएको विश्वविद्यालयका रजिष्टार पेशल दाहालले जानकारी दिए । अहिले चलिरेका र आगामी परीक्षा मिति तोकिएका परीक्षाहरु पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उनले बताए ।

याे पनि पढ्नुस  तेस्रो पटक कलेजो प्रत्यारोपण सफल

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको भए पनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको थिएन । सोमबार पनि त्रिविका परीक्षाहरु जारी थिए ।

कमेन्ट गर्नुहोस्