लकडाउन भएपनि शेयर बजार बन्द नहुने, निर्धक्कसँग कारोबार गर्न सकिने

काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि राजधानी उपत्यकामा निषेधाज्ञाको चर्चा चलिरहेको बेला शेयर बजारमा भने यसको असर नपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना कोरोनाको प्रभाव धितोपत्र बजारमा कुनै हालतमा नपर्ने बताएका छन् । बिजशाला अनलाइनले उल्लेख गरे अनुसार सेयर कारेबार हुने सबै कार्यालय तथा ब्रोकर हाउसहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्कुलर जारी भइसकेको उनले बताए । उनकाे भनाइमा अहिले बजार प्रविधिमैत्री पनि भएकाेले निषेधाज्ञा जारी भएको अवस्थामा लगानीकर्ताहरुले घरमै बसेर सेयर कारोबार गर्न सक्ने वातावरण रहेकोले बजार बन्द हुँदैन।

याे पनि पढ्नुस  आइतबार शेयर बजार दोहोरो अंकले खस्कियाे

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख चन्द्रसिंह साउदले पनि बजार नबन्द हुने बताए। ‘सेयर कारोबारसम्बन्धी काम हुने कार्यालयहरु र ब्रोकर हाउसहरुमा सीमित कर्मचारी बोलाएर वा आलोपालो गराएर काम गराउन तथा स्वास्थ्य मापदण्ड दुरुस्त राख्न भनेका छौँ’, उनले भने, ‘अहिलेको परिस्थितिबाट सजक हुँदै लगानीकर्ताहरु पनि घरै बसेर सेयर कारोबार गर्दा राम्रो हुन्छ, प्रविधि त्यहीअनुसार बनेको पनि छ।’

याे पनि पढ्नुस  शेयर बजार २० अङ्कभन्दा धेरैले बढ्यो

अनलाइन सेयर कारोबार गर्दा आउने केही समस्याहरु इन्टरनेट प्रदायक कम्पनीहरुका कारण पनि देखिएको साउदको भनाइ छ। ‘जहाँसम्म टीएमएस, मेरो सेयरमा आउने समस्या छ, त्यो धेरै हदसम्म समाधान भइसकेको छ’, उनले भने, ‘त्यही भएर अनलाइन कारोबार गर्न अहिले निकै सहज छ।’

याे पनि पढ्नुस  नेप्सेमा २१ अंकको वृद्धि

कमेन्ट गर्नुहोस्