उपत्यकामा वैशाख १६ गते बिहानदेखि निषेधाज्ञा (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।

याे पनि पढ्नुस  डडेल्धुरामा आंशिक निषेधाज्ञा

साथै, प्रशासनले निषेधाज्ञा अवधीभर सार्वजनिक एवं नीजि सवारी साधन संचालनमा समेत रोक लगाएको छ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, चिडियाखाना आदि संचालन गर्न नपाइने समेत आदेशमा उल्लेख छ ।

याे पनि पढ्नुस  ह्वात्तै बढ्यो काठमाडौं उपत्यकाका नदीमा पानीको बहाव

विहे, ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासनबाट अनुमति लिएर मात्र गर्ने निर्णय समेत छ ।

जिल्ला प्रशासनको आदेश :

कमेन्ट गर्नुहोस्