पत्रकारद्वय अनिश र दुर्गालाललाई निःशर्त रिहाइ गर : नेपाली जनप्रगतिशिल मञ्ज यूएई

यूएई । नेपाली जनप्रगतिशिल मञ्ज यूएईले प्रहरीले उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार गिरफ्तार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मञ्चले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक तथा नेपाली जनप्रतीशिल मंञ्च यूएईका पूर्वप्रवक्ता अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट प्रहरीले कार्यालयमै प्रवेश गरी गिरफ्तार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

राजनीतिक प्रतिशोधका कारण पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र नभई संवैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको मञ्चले बताएको छ ।

याे पनि पढ्नुस  पक्राउ परेका पत्रकारलाई रिहाई गर्न पत्रकार महासंघ युएई शाखाको माग

‘पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङसहितका निवेदकको मुद्दामा आदेश दिइसकेको र त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले समेत आफ्नो क्षेत्राधिकार भित्र रही निरुपण गरिसकेको अवस्थामा अदालतको आदेशको अवज्ञा गर्दै राजनीतिक प्रतिशोधका कारण पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संबैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको मञ्चको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अपारदर्शी रूपमा भारतीय गुप्तचर बिभागका प्रमुख संग भेटघाट गरी भएका छलफलबारे जनतालाई सूचित गराउनुको सट्टा पत्रकारमाथि नै बारम्बार प्रशासनको प्रयोग गरी धरपकड गर्नुले सरकारले प्रेस स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गरेको हाम्रो ठहर छ ।’

याे पनि पढ्नुस  समाचार लेखेकै कारण उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार पक्राउ

मञ्चले पत्रकारद्वय अनिश र दुर्गालाललाई तत्काल निःशर्त रिहाइ गर्नसमेत माग गरेको छ । ‘प्रेस स्वतन्त्रताको पूर्णरूपमा सम्मान गर्दै पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःशर्त रिहाइ गर्न र यस्ता कार्य तत्काल बन्द गर्न नेपाली जनप्रतिशिल यूएई मञ्च नेपाल सरकार र त्यस मातहतका सबै निकायको ध्यानाकर्षण गराउँदछ,’ मञ्चका अध्यक्ष बाबुराम विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई ओली सरकारले देखाएको रवैयाप्रति खुलेर प्रतिकारमा उत्रिन आह्वान समेत गर्दछौँ ।’

याे पनि पढ्नुस  पक्राउ परेका पत्रकारलाई रिहाई गर्न पत्रकार महासंघ युएई शाखाको माग

विज्ञप्ति :

कमेन्ट गर्नुहोस्