आरएमडिसी लघुवित्तको खुद नाफा ३५ प्रतिशतले बढ्यो

काठमाडौं । आरएमडिसी लघुवित्तको खुद आम्दानीमा बृद्धि भएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार, लघुवित्तको अधिकांश सूचकहरुमा सुधार भएको देखिन्छ।

संस्थाले चैत मसान्तसम्ममा गत वर्षको सोही अवधिको तुलनामा ३५.५८ प्रतिशत अर्थात् २० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

खुद ब्याज आम्दानी बढेसँगै अन्य आम्दानी बढेका कारण खुद नाफामा सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.९८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ५.१५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १५.३१ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा बढेर १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको जगेडा कोष सो अवधिमा १०।०८ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको सापटी ९।४५ प्रतिशत र कर्जा २७।७७ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २ पैसा बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ २७ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ४६.४३ गुणा रहेको छ।

कमेन्ट गर्नुहोस्