जसपा बैठक जारी, अविश्वासको प्रस्तावबारे होला निर्णय ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक पार्टी कार्यालय बालकुमारीमा जारी छ ।

बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

बैठक समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । जसपामा प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा जाने÷नजाने विषयमा दुई धार छ । ठाकुर ओलीसँग सहमति गरेर जाने पक्षमा छन् भने यादव–भट्टराईले सम्झौता गर्न नहुने बताउँदै आएका छन् ।

याे पनि पढ्नुस  जसपाले ओलीतन्त्रको घाककस खान्नः भट्टराई

दुई धार भएकाले नयाँ सत्ता समिकरणका लागि निर्णायक जसपा लामो समयदेखि अनिर्णित छ ।

भट्टराईनिकट स्रोतका अनुसार ओली सरकारको विकल्प खोज्ने विषयमा नेताहरु छलफलमा जुटेका हुन् । ‘ओली सरकारको विकल्प खोज्ने विषयमा नेताहरुमा छलफल गरिरहनुभएको छ । वैकल्पिक सरकार बनाउनुपर्छ भन्ने जोड छ’, स्रोतले भन्यो ।

याे पनि पढ्नुस  ८ मन्त्रालयसहित सरकारमा जाने जसपा ठाकुर–महतो पक्षको तयारी

जसपाले आज निर्णय गरे कांग्रेस माओवादीले भोलि नै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् । त्यसकारण जसपाको जारी बैठकलाई महत्वका साथ हेरिएको छ ।

बैठकले प्रधानमन्त्रीसरकारमा नजाने निर्णय गरेमा भोलि नै अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्