सरकार ढल्ने भएपछि एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा । सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले बोलेपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए ।

पीसीआर परीक्षणको माग गर्दै उनीहरुले बैठक अवरुद्ध पारेका हुन् । सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरेपनि एमाले सांसदले बस्न नमानेपछि बैठक २० मीनेटका लागि स्थगित गरेका छन् ।

याे पनि पढ्नुस  स्पष्टीकरण हामीलाई हैन, ओलीजीलाई सोध्नुपर्छः भीम रावल

आज प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान गर्ने कार्यसूची छ । अविश्वास प्रस्तावको पक्षमा बहुमत भएकाले सरकार ढल्ने निश्चित छ ।

त्यसकारण मतदान केही दिन पर धकेल्न एमाले सांसदले पीसीआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध पारेका हुन् ।

मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा गत वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ जना सांसद्ले दर्ता गरेको सो प्रस्ताव सोमबारको संसद् बैठकमा टेबल भएर छलफल प्रारम्भ भएको छ ।

मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मंगलबार मतदान हुने

कमेन्ट गर्नुहोस्