काठमाडौं । पार्टी कार्यालय बालकुमारीमा बसेको जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक सकिएको छ ।
बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । जसपामा प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा जाने÷नजाने विषयमा दुई धार छ । ठाकुर ओलीसँग सहमति गरेर जाने पक्षमा छन् भने यादव–भट्टराईले सम्झौता गर्न नहुने बताउँदै आएका छन् ।
दुई धार भएकाले नयाँ सत्ता समिकरणका लागि निर्णायक जसपा लामो समयदेखि अनिर्णित छ ।
जसपाले आज निर्णय गरे कांग्रेस माओवादीले भोलि नै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका थिए ।
सरकारविरूद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा (जसपाका शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा छलफल भएपनि सहमति जुटेन ।
संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष यादव पक्षले तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने बताएका थिए । तर अध्यक्ष ठाकुरलगायतले त्यसमा सहमति जनाएनन् ।