जनक साउदको ‘मुख्याकी छोरी’ लाई उत्कृष्ट देउडा अवार्ड

काठमाडौं । गायक जनक साउदको ‘मुख्याकी छोरी’ बोलको गीतलाई उत्कृष्ट देउडा गीतको अवार्ड प्रदान गरिएको छ ।

तेस्रो योङ माइन्ड इन्टरटेइनमेन्ट अवार्ड–२०७७ को अवसरमा साउदको ‘मुख्याकी छोरी’ बोलको गीतलाई उत्कृष्ट देउडा गीतको अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावल बुझेकी थिइन् ।

‘मुख्याकी छोरी’ बोलको देउडा गीतमा शब्द नरेन्द्र रावल, निर्देशन चक्र साउद रहेका छन् भने गायिका शोभा थापा र अभिनय सरस्वती बनको रहेको छ ।

अवार्ड जितेपछि साउदले खुसी व्यक्त गरे । अवार्डले आफ्नो साङ्गीतिक यात्रामा थप उर्जा थप्ने उनले बताए ।

कलाकार साउद हास्यव्यंग्यसंगै पछिल्लो समय देउडा तथा लोक देउडा गायर चर्चा कमाई रहेका छन् ।

कमेन्ट गर्नुहोस्