जान्नैपर्नेः लकडाउनमा अनलाईनबाट मात्रै शेयर कारोबार हुने, कनेक्ट आइपिएसबाट भुक्तानी अनिवार्य

बिहीवारदेखि शेयर कारोबार अनलाइनबाट मात्रै सुचारु गर्ने तयारी गरिएको छ। सरकारले बिहीबारदेखि निषेधाज्ञा जारी गरेका कारण अनलाइनबाट मात्रै सुचारु गर्न लागिएको हो।

ब्रोकर कम्पनीहरूले भौतिक उपस्थिति बिनाको कारोबार सञ्चालन गर्ने तयारी गरेका छन्। उनीहरूले सबै क्रियाकलाप अनलाइनबाटै गराउने निर्णय गरेका छन्। सोही योजना अनुरूप ब्रोकर कम्पनीहरूले आफ्ना ग्राहकलाई सबै काम अनलाइनबाट गर्न सक्ने भए मात्रै कारोबारको स्वीकृति दिने बताएका छन्। ब्राेकरहरूले सोमबारबाटै आफ्ना ग्रहकलाई उक्त जानकारी दिँदै आएका छन्। सबै काम अनलाइनबाट गर्न नसक्नेलाई कारोबारको अनुमित नदिने उनीहरूको योजना छ। “हामीले निषेधाज्ञा भरि अनलाइन मात्रै सेवा दिने निर्णय गरेका छौ। अनलाइन कारोबार गर्न नजान्नेलाई निषेधाज्ञाभरी सेवा दिन असमर्थ छौ। त्यसको लागि हामीले हाम्रा ग्राहकलाई जानकारी दिँदै आएका छौ” भिजन सेक्युरुटिजका सञ्चालक राजकुमार तिम्सिनाले मेरो लगानीसँग भने।

निषेधाज्ञा भरि लगानीकर्ताले शेयर अनलाइनबाटै किन्नु पर्ने छ। उनीहरूले किनेको शेयरको भुक्तानी कनेक्ट आइपिएस मार्फत वा अन्य डिजिटल पेमेन्ट सिस्टमबाट गर्नु पर्ने छ। निषेधाज्ञा भरि ब्रोकर कम्पनीले कुनै पनि ग्राहकबाट चेक स्वीकार गर्ने छैनन्। उनीहरूले अनिवार्य डिजिटल भुक्तानी गर्नु पर्ने छ। डिजिटल भुक्तानी गर्न नसक्ने लगानीकर्तालाई शेयर किन्ने अनुमित दिइने छैन। जसले डिजिटल भुक्तानी गर्न सक्छु भनेर ब्रोकर कम्पनीलाई अनुरोध गर्ने छ।उसलाई मात्रै कारोबारको लागि ब्रोकर कम्पनीले लिमिट दिने छन्। अन्यथा सबै ग्राहकको लिमिट जिरो पारिने छ।

याे पनि पढ्नुस  किन भइरहको छ शेयर बजारमा निरन्तर गिरावट

शेयर बिक्री गर्नेले पनि अनलाइन मार्फत नै शेयर बिक्री गर्नु पर्ने छ। उनीहरूले बिक्री गरेको शेयरको इडिआएस पनि अनलाइन नै गर्नु पर्ने छ। अनलाइनबाट इ डिआएस गर्न नसक्ने लगानीकर्तालाई शेयर बिक्री नगर्न उनीहरूले अनुरोध गरेका छन्। भौतिक इ डिआएस निषेधाज्ञाभरी स्वीकार नगर्ने उनीहरूले बताएका छन्। निषेधाज्ञामा शेयर बिक्री गर्ने तर समयमा इडिआएस गर्न नसकेमा क्लोज आउटको समस्या पर्ने भएकोले समेत उक्त जोखिमको आँफै जिम्मेवारी लिएर मात्रै कारोबार गर्नु पर्ने ब्रोकर कम्पनीको भनाइ छ।

याे पनि पढ्नुस  लागुऔषध बेचेर लाखौंको लगानी शेयर बजारमा

अघिल्लो पटक लकडाउनमा शेयर कारोबार बन्द गरिएको भएपनि यस पटक भने शेयर कारोबार बन्द नहुने नेपाल धितोपत्र बोर्डले जनाएको छ। उसले निषेधाज्ञा भरिनै शेयर कारोबार सुचारु हुने बताएको छ। पछिल्लो समय शेयर कारोबारमा विदेशमा रहेका नेपाली समेत संलग्न हुन थालेका कारण समेत शेयर बजार बन्द नगरिने बोर्डको भनाइ छ। बरु बोर्डले जति सक्दो भौतिक दूरी र अनलाइनमा कारोबार गर्न प्रोत्साहन गर्ने बताएकाे छ “पहिले जस्तो गरी शेयर बजार बन्दै गर्नु पर्ने अवस्था छैन। यति बेला सबै काम अनलाइनबाट गर्न सकिने गरि हामीले सबै व्यवस्था गरिसकेका छौ। शेयर किन्न अनलाइनबाट सकिन्छ। त्यसको पैसा दिन पनि कनेक्ट आइपिएस वा डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था पनि भइसकेको छ। किन्न र भुक्तानी गर्न कुनै समस्या छैन।शेयर बेचेपछि इडिआएस पनि अनलाइन नै अनिवार्य गरिएको छ। त्यसमा कुनै समस्या भएन । ब्रोकर कम्पनीले सेवाग्राहीलाई  टिएमएसबाटै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। अझै हामीले खातामै समयमै रकम दाखिला गर्न भनेका छौ। त्यसले गर्दा बजार बन्द गर्नु पर्ने अवस्था नै छैन। अर्को तर्फ लगभग ८० प्रतिशत कारोबार अनलाइनबाट हुने गर्छ। जसले गर्दा पनि फेयर प्राइस आउँदैन कि भन्ने आशङ्का पनि छैन। उता विदेशबाट पनि अहिले प्रशस्त नेपालीहरूले कारोबार गरिरहेका छन्। जसले गर्दा पनि कारोबार बन्द हुँदैन” बोर्डका प्रवक्ता नीरज गिरिले मेरो लगानी साग भने।

याे पनि पढ्नुस  छ अंकले झरेको नेप्सेमा ४६ करोडको कारोबार

निषेधाज्ञामा कारोबार बन्द नभए पनि कारोबारीले भने भौतिक दूरी र स्वास्थ्य मापदण्डको भने पूर्ण पालना गर्नु पर्ने छ। त्यसको पालना भए नभएको निगरानी गर्न  बोर्डको सर्भिलेन्स डिपार्टमेन्टलाई निर्देशन दिइएको गिरीले बताए।

मेराेलगानीबाट साभार

कमेन्ट गर्नुहोस्