निषेधाज्ञामा पनि नेपाल सुपर लिगका खेल नरोकिने

काठमाडौं । नेपाल सुपर लिगका खेल नरोकिने भएका छन् ।

सरकारले राजधानी उपत्यकामा आगामी वैशाख १६ देखि निषेधाज्ञा गर्ने घोषणा गरेपनि लिगका खेलहरु नरोकिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बताएका छन् ।

दुई साताका लागि निषेधाज्ञा घोषणा गरेपछि प्रतियोगिताका खेल के हुने भन्ने विषयको अन्यौलता चिर्दै परिषदले खेल जारी राख्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  धनगढीलाई हराउँदै काठमाडौंले जित्यो एनएसएलको उपाधि

सदस्य सचिव सिलवालले सम्बद्ध निकायसँग परिषदले स्वीकृत लिइसकेकोले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरि खेल सञ्चालन गरिने बताए ।

नेपालको पहिलो फ्रान्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानजमेन्टको आयोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको पहिलो चरण सोमबार सकिएको छ । मंगलबारबाट दोस्रो चरण सुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्