कप्तान ज्ञानेन्द्रलाई पितृशोक

आफ्ना बुबाका साथमा मल्ल, साथमा पारस खड्का। फाइल तस्विर
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ।

ज्ञानेन्द्रका बुबा रामकृष्णको बिहीबार बिहान ७८ वर्षको उमेरमा भीमसेनस्थानस्थित घरमा निधन भएको हो । केहि दिनयता रामकृष्णको स्वास्थ्यमा सामान्य समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ ।

शवलाई केहीबेर अघि टेकुस्थित विष्णुमतीमा अन्त्येष्टी गरिएको छ ।

कमेन्ट गर्नुहोस्