धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु

एजेन्सी । इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट मेरोनमा आयोजना गरिएको धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु र केही घाइते भएका छन् ।

इजरायली अधिकारीहरुका अनुसार कोरोना महामारी नियन्त्रण आइरहेको इजरायलमा आयोजना गरिएको धार्मिक मेलामा हजार्रौ सहभागी हुँदा भीडकै बीच भागदौड मच्चिएको हो ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्