बाँकेमा ११ र नारायणी अस्पतालमा ३ जनाकाे मृत्यु

नेपालगञ्ज । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  बाँकेमा थप १० जना संक्रमितको मृत्यु

यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  भरतपुर अस्पतालका अध्यक्ष अधिकारीलाई काेराेना संक्रमण

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जका दुई जना महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक जना पुरुषको मृत्यु भएको हो ।

अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासका अनुसार वीरगञ्ज–१६ नगवा निवासी ४८ वर्षीया महिलाको शुक्रबार बिहान पौने २ बजे निधन भएको छ । वैशाख १२ गते उपचारका लागि ल्याइएकोमा उनको सोही दिन पीसीआर पोजेटिभ देखिएको थियो । उनमा कुनैपनि दीर्घ रोग नभएको चिकित्सकहरुले बताएका छन् ।

याे पनि पढ्नुस  बाँकेमा कोरोनाबाट थप ७ जनाको मृत्यु

यसैगरी वैशाख १४ गते भर्ना भएकी वीरगञ्ज– ३ बस्ने ४७ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । कडा कोभिड निमोनिया देखिएको उनमा स्वासप्रश्वासनको समस्या पनि थियो । उपचारको क्रममा बिहीबार राति ९:३५ मा उनको मृत्यु भएको थियो ।

जीतपुर सिमरा–२४ बस्ने ७७ वर्षीय पुरुषको पनि गएराति ११:२५ मा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा पहिल्यैदेखि टीबीको समस्या थियो । उनी बैशाख १० गते अस्पताल भर्ना भएका थिए ।

कमेन्ट गर्नुहोस्