१०२ वर्षीय हजुरआमा जसले हराइन कोरोनालाई

लखनऊ । कोरोनाको संक्रमणले विश्वमा लाखौं मानिस संक्रमित भइरहेको बेला यसविरुद्धको संघर्षमा कैयन् प्रेरणादायी घटनाहरु पनि रहेका छन् । ६ महिनाको बालकदेखि सय वर्षका बृद्धहरुले समेत कोरोना जितेका यस्ता घटना बेलाबेखत सुन्नमा आउँछन् ।

यस्तै एउटा घटना भारतको उत्तर प्रदेशको छ ।

उत्तर प्रदेशको बाँदा जिल्लाकी १०२ वर्षीय बृद्धाले कोरोनासँग प्रतिरोध गर्दै स्वस्थ्य बनेको घटना भारतीय मिडियामा चर्चामा छ ।

याे पनि पढ्नुस  पोखरामा थप ४ संक्रमितको मृत्यु

बान्दाको अनर्रा गाउँमा घरमा नै आइसोलेट भएर आफ्नो दृढ इच्छाशक्तिको बलमा कोरोनालाई हराएकी हुन ।

उनको उपचार नजिकैको सरकारी अस्पतालका चिकित्सकको निगरानीमा भएको थियो । केही दिन अघि उनको घरका १२ जनामा एकैपटक कोरोना देखिएको थियो ।

१०२ वर्षीय शिवकन्या देवीमा कोरोनाका प्रारम्भिक लक्षण देखिनेबित्तिकै उनको जाँच गरिएको थियो । त्यसपछि घरका अन्य सदस्यमा पनि कोरोना देखिएपछि सबै घरमा नै आइसोलेसनमा बसेका थिए ।

याे पनि पढ्नुस  फोर्ब्सको सूचीमा परेकी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’

चिकित्सकका अनुसार, उनीहरुले आयुर्वेदमा उपलब्ध उपायहरु पनि अपनाएका थिए । गुर्जोको तातोपानी, वाफलगायत सबै उपाय उनीहरुले अपनाए । उक्त घरमा हजुरआमाका अतिरिक्त ७० वर्ष र ६५ वर्षका अन्य व्यक्ति पनि रहेका थिए । हरेक दुई घण्टामा सबैको अक्सिजन लेभल जाँच गरिएको थियो ।

याे पनि पढ्नुस  प्रधानन्यायाधीश राणासहित १७ न्यायाधीश होम क्वारेन्टीनमा, सेवा प्रभावित

सय वर्ष बढी हुँदा समेत दृढ इच्छाशक्ति बोकेकी हजुरआमाले चिकित्सकको कुरा मान्ने र मास्क लगाउने सल्लाह दिन्छिन् । बाँकी सबै भगावनले ठीक गर्छ । उनी भन्छिन् ।

कमेन्ट गर्नुहोस्