ओली सरकार ढाल्ने जसपाका बहुमत सांसदको निर्णय, ३२ मध्ये १८ ले गरे हस्ताक्षर

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका छन् ।

वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमतले लुम्बिनीका ४ जना प्रदेश सांसदलाई कारबाही र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  ओलीसँग नैतिकताको ‘न’ पनि छैन, आस गर्नु बेकार होः प्रकाशमान सिंह

जसपामा हाल कायम रहेका ३२ सांसदमध्ये १८ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीलाई हटाउनुपर्ने पक्षमा छ भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारमा जानुपर्ने पक्षमा छन् । जसका कारण जसपामा विवाद थियो । केन्द्रीय पदाधिकारीमा भट्टराई–यादव पक्षको बहुमत छ ।

याे पनि पढ्नुस  पुराना कम्युनिष्ट नेता श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

जसपाले निर्णय लिन ढिला गर्दा नयाँ सरकार गठनबारे अन्यौलता सिर्जना भएको थियो । जसपाको यो निर्णयपछि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव चाँडै अगाडि बढ्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्