सरकारको चरम लापरवाहीका कारण कोरोना भयावह भयोः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोरोना नियन्त्रणका लागि सरकारले ठोस काम नगरेर निषेधाज्ञा लगाएको आरोप लगाएका छन् ।

आज आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै देउवाले सो आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले कोरोना नियन्त्रणका लागिे ठोस काम गरेन । निषेधाज्ञा लगायो ।’

‘यो सरकार विगतका गल्तीबाट पाठ सिक्दैन । कांग्रेसलगायत दलले दिएका सुझाव पनि मान्दैन’, उनले भने, ‘उद्घाटन र भिडभाड तथा तडकभडकमा सरकार लागेपछि निषेधाज्ञाको अवस्थामा पुगेको हो ।’

याे पनि पढ्नुस  पूर्व संविधानसभा सदस्य भण्डारीको निधन, देउवाद्धारा दुःख व्यक्त

कम परिक्षण हुँदा ३७ प्रतिशतमा कोरोना पुष्टि हुनुले अवस्था भयावह भएको उनले बताए । यस्तो अवस्था आउनुमा सरकारको चरम लापरवाही रहेको देउवाले आरोप लगाए ।

देउावले अक्सिजन, भेन्टिलेटर, स्वास्थ्य पूर्वाधार, संक्रमितको सम्पर्कमा आएकाहरुको परिक्षण, स्वास्थ्य संस्थामा जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले परिक्षण व्यापक बनाउनुपर्ने र खोप ल्याउन कुटनीतिक पहल गर्नुपर्ने माग गरे ।

याे पनि पढ्नुस  काेराेना त्रास: सिंहदरबारकै ९० प्रतिशत कर्मचारी आउनै छोडे

उनले खोप उपलब्ध गराएका देशलाई धन्यवाद दिँदै अन्य देशलाई खोप सहयोग गर्न आग्रह गरे ।

उनले नयाँ सरकार गठनका लागि संख्या नपुगेको बताए । त्यसका कारण अविश्वासको प्रस्ताव दर्ता नगरिएको उनले स्पष्ट पारे ।

देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताए । बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताए ।

याे पनि पढ्नुस  ब्राजिलमा कोरोनाबाट मृत्यु हुने अहिलेसम्मकै बढी

‘यो मेरो पालामा मन्त्रिपरिषदबाट पास मात्रै गरेको हो’ देउवाले भने, ‘यो ठूलो अनुदान रकम हो, ब्याज तिर्नु पर्ने पनि होइन ।’

‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन । तर हरेक भ्रम फैलाइएको छ । अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ?,’ देउवाले प्रश्न गरे ।

कमेन्ट गर्नुहोस्