भट्टराईको पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया

काठमाडौंवै । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सफल शल्यक्रिया भएको छ ।

भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो । उनकी पत्नी हिसिला यामीले ट्वीटरमार्फत् सफल शल्यक्रिया भएको जानकारी दिएक िछन् ।

काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गरेको हो ।

कमेन्ट गर्नुहोस्