कर्णालीमा आज कोरोनाबाट ८ संक्रमितको मृत्यु

सुर्खेत- कोराना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट कर्णालीमा आठ सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका-५ सुर्खेतका ६३, वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतका ४५, वडा नं. ८ का ६३, वडा नं. ११ का ५३ र १२ नं. वडाका ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

याे पनि पढ्नुस  कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

त्यस्तै, सिद्धकुमाख गाउँपालिका-२ सल्यानका ४२, मुसिकोट नगरपालिका–४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका-६ दैलेखका २७ वर्षीया महिलाको मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताए ।

मृत्यु भएका सुर्खेतका तीन व्यक्तिमा आरटी पीसीआर र बाँकी अन्य जिल्लाका पाँच जनामा एन्टिजेन पोजेटिभ देखिएको उहाँले जनाए ।

याे पनि पढ्नुस  कर्णालीका ८७ प्रतिशत सङ्क्रमितले जिते कोरोना

निर्देशनालयका अनुसार प्रदेश अस्पतालमा चार, सल्यान जिल्ला अस्पताल, रुकुमपश्चिम र दैलख जिल्ला अस्पतालमा एक/एकको मृत्यु भएको हो । कर्णालीमा एकै दिन आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको भने यो पहिलो घटना हो । मृतक सबैको जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्था गरिरहेको बताइएको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुग्यो

आज थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा आरटी पिसीआर परीक्षणमा १०८ र एन्टिजेन परीक्षणबाट १४३ गरी कूल २५३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै कर्णालीमा आरटी पीसीआर परीक्षणबाट कोरोना सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ५६७ र एन्टिजेन परीक्षणबाट ७८० जना पुगेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्