आरसीबीले पायो विशाल लक्ष्य, कप्तान राहुलकाे उत्कृष्ट पारी

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको २६ औँ म्याचमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई १ सय ८० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

उसका लागि कप्तान केएल राहुलले उत्कृष्ट पारी खेले । उनले ५७ बलमा पाँच छक्का सात चौकासहित अविजित ९१ रन बनाए ।

त्यस्तै, क्रिस गेलले पनि आज आक्रामक पारी खेले । उनले २४ बलमा ६ चौका र दुई छक्कासहित ४६ रनको योगदान दिए ।

याे पनि पढ्नुस  सुरेश रैनाले आईपीएल नखेल्ने, यूएईबाट फर्किए

हरप्रीत बारले अविजित २५ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा कायल जेमिसनले दुई, डानियल साम्स, युजवेन्द्र चहल र साहबाज अहमदले एक/एक विकेट लिए ।

आरसीबीले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले वासिङ्टन सुन्दरको स्थानमा साहबाज अहमदलाई मौका दिएको छ ।

पञ्जाबले भने प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन गरेको छ ।

याे पनि पढ्नुस  कोलकाताले दियो चेन्नईलाई बलियो लक्ष्य, राणाको उत्कृष्ट ब्याटिङ

उसले मोइसेस हेनरिक्स, मयंक अग्रवाल र अर्शदीप सिंहलाई आराम दिँदै रीलि मेरिडिथ, हरप्रीत ब्रार र प्रभुसिमरन सिंहलाई मौका दिएको छ ।

जारी संस्करणमा आरसीबीले ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा मात्र हार ब्यहोरेको छ । पञ्जाबले भने ६ खेलमा दुई जित र चार खेलमा हारको सामना गरेको छ ।

पछिल्ला पाँच खेलमा आरसीबीले पञ्जाबलाई तीन खेलमा पराजित गरेको छ । गत सिजनका दुवै खेलमा भने पञ्जाबले आरसीबीलाई हराएको थियो ।

याे पनि पढ्नुस  आईपीएलमा शिखर धवनले बनाए नयाँ कीर्तिमान

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान/विकेटकीपर), क्रिस गेल, प्रभुसिमरन सिंह, दीपक हूडा, निकोलस पूरन, रिले मेरीडिथ, शाहरुख खान, क्रिस जोर्डन, रवि विश्नोई, मोहम्मद शामी र हरप्रीत ब्रार ।

आरसीबी प्लेइङ-११ : विराट कोहली (कप्तान), देववदत्त पाडिक्कल, रजत पाटीदार, ग्लेन मैक्सवेल, एबी डिभिलियर्स, सहबाज अहमद, काइल जेमिसन, डानियल साम्स, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

कमेन्ट गर्नुहोस्