झनै डरलाग्दोः भारतमा एकैदिन ४ लाख बढी संक्रमित, मोदी सरकारविरुद्ध विद्रोह गर्न आव्हान

नयाँ दिल्ली । भारतमा एकैदिन ४ लाख बढी संक्रमित देखिएका छन् ।

संक्रमण बढ्दै गएपछि भारतका कतिपय राज्यले लकडाउनको घोषणा गरेपनि कोराना भने अनियन्त्रित हुँदै गइरहेको हो । सार्वजनिक स्वास्थ्य प्रणालीले थेग्न नसकेपछि मृत्यु हुनेको संख्या समेत बढ्दै गइरहेको छ । पछिल्ला केही दिन यता हरेक दिन ३ हजार ५ सय भन्दा बढीको मृत्यु भइरहेको छ ।

संक्रमणका कारण आम जनतामा ठूलो त्रास छाएको छ । अस्पतालहरुमा बेडको अभाव हुनु र बेड पाएको अवस्थामा पनि अक्सिजनको कमी भएका कारण सरकारप्रति जनताको आक्रोश बढेर गएको छ । कैयन सामाजिक सस्था र राजनीतिक दलहरुले महामारीबाट प्रभावितहरुलाई सहयोग गरिरहेका छन् । तर सार्वजनिक स्वास्थ्य संस्थामा अक्सिजन र अन्य उपकरणलगायत औषधीको उचित प्रबन्ध गर्न नसकेको भन्दै सरकारको व्यापक आलोचना भइरहेको छ ।

याे पनि पढ्नुस  भारतमा एकैदिन २ लाख ९४ हजार संक्रमित, देशका कैयन् राज्यमा लकडाउन

भगतसिंह दललगायतका कैयन संगठनहरुले कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएकोले सत्ताविरुद्ध विद्रोह गर्न अपील गरेका छन् । प्रतिपक्षी कांग्रेस लगायतका दलहरुले मोदी सरकारले पूँजिपतिहरुको हितलाई प्राथमिकता दिएर लकडाउन लगायतका सुरक्षा उपाय अवलम्बन नगरेको कारण भयावह अवस्था आएको बताएका छन् ।

याे पनि पढ्नुस  कोरोना त्रासदीः ‘लिन आउन सक्छौं भने आउ’ यति भन्दै २ सय किमि हिँडेपछि बाटोमैं ढले उनी

सबैभन्दा ठूलो समस्या आप्रवासी र अन्य मजदूर तथा गरीब जनतामा परेको छ ।

कामको खोजीमा ठूला शहरमा गएका र शहरभित्रकै पनि गरिब जनतालाई उपचार पाउन कठीन बनेको छ । उपचारमात्र होइन, मृत्यु भएको अवस्थामा श्मसानघाटमा शव जलाउन समेत उनीहरुले ठाउँ पाइरहेका छैनन् ।

याे पनि पढ्नुस  भारतमा ऐतिहासिक उच्च संक्रमण, एकै दिन ८३ हजार संक्रमित

विश्वका कतिपय देशले सहयोगको हात बढाएपनि त्यसको प्रतिफल कमजोर र गरिब वर्गसम्म पुग्न सकेको छैन । नीजि क्षेत्रमा कालोबजारीको क्रम बढेको छ । कैयन् स्थानमा सिलिण्डरको कालोबजारी हुन पुगेको छ । अर्कोतर्फ दिल्ली सरकारलाई केन्द्रले सहयोग नगरेको भन्दै मुख्यमन्त्री केजरिवालले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । केजरिवालकी पत्नी समेत कोरोना संक्रमित बनेकी छिन् ।

कमेन्ट गर्नुहोस्