कञ्चनपुरमा ३, कैलाली र डडेल्धुरामा १–१ जनाको मृत्यु

महेन्द्रनगर, सुदूरपश्चिम प्रदेशका तीनवटा जिल्लामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुर जिल्लामा महाकाली अञ्चल अस्पतालमा उपचारमा रहेका दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति मृत्यु भएको जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्न सरकारसँग सभापति देउवाकाे माग

रोकायाअनुसार होम आइसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्यु भएको छ ।

यसैगरि कैलालीमा गोदावरी नगरपालिका–१ का २८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

याे पनि पढ्नुस  फेरि लकडाउन थपिदै, आज उपत्यकाका सिडिओहरुको बैठक बस्दै

डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पताल आउँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको एक विद्यालयमा कार्यरत उनीमा शुक्रबार कोरोना संक्रमण पुस्टि भएको थियो।

याे पनि पढ्नुस  अन्ततः झुक्याे सरकार: अब काेराेना परीक्षण र उपचार निशुल्क हुने

कमेन्ट गर्नुहोस्