कोरोना संक्रमणः सबै सचेत बनौं

केही दिनयता कोरोनाबाट संक्रमित र आइसोलेशनमा रहने बिरामीको संख्या ह्वात्तै बढेको छ । केही दिन यता संक्रमितको संख्या दोब्बरले बढिसकेको छ । परिक्षण गर्नेहरुमध्ये धेरैमा संक्रमण पाइएको छ । त्यसैले समयमै सचेत भएनौैं भने अन्योलता न आउँला भन्न सकिँदैन । सबैलाई सतर्कता बनाउन संकेत गरिरहेको अवस्था छ ।

दिनप्रतिदिन संक्रमितको संख्या उच्च हुँदा ज्यान जाने समेत खतरा बढन सक्ने सम्भावना बढिरहेको छ । यो कठिन समयमा सबभन्दा पहिले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरि संक्रमणबाट जोगिनु पहिलो उत्तम उपाय हो । यदी सबै जनाले स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने पनि कम जोखिम हुनसक्छ । दिनहुँ माक्स, सेनिटाईजर प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने अनि नगराउने स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउने हो भने संक्रमण हुने कम सम्भावना हुन्छ ।

याे पनि पढ्नुस  स्वास्थ्य सामग्री ४८ गुणासम्म महँगोमा खरिद

यस्ता किसिमका क्रियाकलाप सर्वसाधारणले मात्रै गरेर पुग्दैन । विभिन्न उच्च तह तप्काका सरकारी, गैरसरकारी संघ संस्थाहरुले ध्यान दिन जरुरी छ । अहिले विभिन्न पार्टी, संघ र संगठनहरुले भेला, बैठक अनि कार्यक्रम गरिरहेका छन् । यस्ता किसिमका गतिविधिहरुले सजिलै संक्रमण बढने सम्भावना रहन्छ । संक्रमणको न्यूनीकरण गर्नको निम्ति परिक्षण र कन्ट्याक्ट ट्रेसिङको दायरा प्रभावकारी बनाउनुपर्छ । भारतलगायत विभिन्न देशबाट आउने मानिसहरुले नसारुन भन्ने कुराहरूमा सचेत हुनुपर्छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

यसका निम्ति त्यताबाट आउने सबैलाई स्वास्थ्य सम्बन्धि मापदण्ड अनुसारको क्वारेन्टाइन र नाकाबाट सम्बधित ठाउँमा पुर्याउने व्यवस्था गर्नुपर्छ । सरकारले पनि छिमेकी नाकाहरुमा स्वास्थ्य सम्बन्धि सचेतनासहित पर्याप्त स्वास्थ्यकर्मी खटाई नेपाल प्रवेश गर्नेहरुलाई स्वास्थ्य परिक्षणलगायतका व्यवस्थापनलाई अलि फराकिलो गराउनुपर्छ । छिमेकी देशहरूको सिमानामा दुबै देशबीच समन्वय भूमिका हुन जरुरी छ । सबै भन्दा समस्या भनेको सिमानाबाट बिना परिक्षण भित्र र बाहिर गर्ने नागरिक अलि ध्यान दिनुपर्छ । सिमानामा विशेष सुरक्षाको व्यवस्था मिलाउनुपर्छ ।

याे पनि पढ्नुस  वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

सरकारले कठिन अवस्थामा पुर्वाधार व्यवस्थापन अभावमा उपचार नपाई बिरामीको ज्यान जाने वतावरण नबनोस् । स्वास्थ्य मन्त्रालय र मातहतका सम्बन्धि निकायहरूले व्यवस्थापनमा ध्यान दिनु जरुरी छ । अस्पतालहरुका सघन उपचार नै नपाउने किसिमको अवस्थामा जान दिनुहुँदैन । सबैले संक्रमण हुन नदिन स्वास्थ्य सम्बन्धिका मापदण्ड पालना गर्नुपर्छ । सरकार पक्ष या नागरिक दुबै पक्षबाट लापरबाही गर्नुहुँदैन ।

कमेन्ट गर्नुहोस्