उपत्यकामा निषेधाज्ञा थप कडाई गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना भाइरसः चीनबाट नेपाली विद्यार्थीको गुहार, ‘हामी टुहुराजस्तै भयौँ, सरकारले वास्ता गरेन’

 

कमेन्ट गर्नुहोस्