राज्य हराएकाे ज्यानमारा (अ) व्यवस्था !

भुवन बोहरा ।

कोरोना संक्रमणका कारण कंचनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका, बाबाथानस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक लोक राज भट्टको ज्यान गएको छ । शुक्रबारमात्रै उनले कंचनपुर जिल्लाको सदरमुकामस्थित महाकाली अंचल अस्पताललगायतका नजिकका अस्पतालहरूमा  “बेड उपलब्ध नरहेकाले आफू डडेल्धुरा जानलागेको” कुरा फेसबुकुमा पोस्ट गरेका थिए ।

सुदूरपश्चिममा स्वास्थ्यसेवाका दृष्टिले डडेल्धुराभन्दा तराईका दुई जिल्ला कंचनपुर र कैलाली निकै विश्वसनीय मानिन्छन् । झन् कैलाली जिल्लाको सदरमुकाम र सुदूरपश्चिमको अस्थायी प्रादेशिक राजधानीसमेत रहेको धनगढीमा त अहिले निकै आधुनिक अस्पतालहरू खुलिसकेका चर्चा सुन्न पाइन्छन् । त्यति हुँदाहुँदै पनि संक्रमितले अस्पतालको शैया नपाउने स्थिति आउनुले केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरूले गरेका महामारी व्यवस्थापन तयारीहरू उदाङ्गिएका छन् ।
शिक्षण पेसामा निकै सम्भावना रहेका एक युवाको असामयिक निधन निजको परिवारलाई मात्र नभई समाज र राज्यका लागि समेत अपूरणीय क्षति हो । कोरोना महामारीको दोस्रो लहर आएयता संक्रमित हुनेहरूमा बालबालिकाको संख्या उल्लेख्य मात्रामा देखिनु र ज्यान गुमाउनेमा शिक्षकहरूको उल्लेख्य संख्या हुनुले गत पुस(माघयता विद्यालय खुल्न थालेयता संक्रमण भुसको आगोजस्तै फैलिन थालेको सहजै अनुमान गर्न सकिन्छ । साथै यो केही हप्ता अगाडिमात्रै विद्यालयमा सम्भावित जोखिमबारे टिप्पणी गर्दै देशका शिक्षा मन्त्रीले दिएको अभिव्यक्ति कति असवेदंशील र गैरजिम्मेवारीपूर्ण थियो भन्ने कुराको जीवित साक्ष हो ।

जिम्मेवार को ?
लोकराज भट्टको ज्यान हेर्दा कोरोना संक्रमणले लिएकोजस्तो देखिए पनि यसको मुख्य जिम्मेवार अव्यवस्थित व्यवस्थापन हो । सन् २०२० जेन्युअरी दोस्रो हप्तामा कोरोनाको पहिलो संक्रमण देखिएयता यसले हालसम्म तीन लाख २३ हजारबढीलाई संक्रमित गरिसकेको छ र यसबाट तीन हजार दुई सय बढीले अकालमै ज्यान गुमाउनु परेको छ । यस अवधिमा चार महिने देशव्यापी लकडाउन, पटक(पटकक निषेधाज्ञा, र सुरुवाती कडाइजस्ता प्रशासनिक व्यवस्थाबाहेक अन्य कुनै पनि जनसरोकार र जनस्वास्थ्यसँग जोडिएका पक्षहरू सम्बोधन गर्न राज्य चुकेकोमा दुविधा लिनु पर्दैन ।

बिस्तारै हाम्रो दिनचर्या सामान्य हुँदै आयो । बजारहरू, कलकारखाना, कार्यालयहरू खुले, सपिङ मल, विद्यालय , र सिनेमाघरहरू फेरी भरिभराउ भए र राजनीतिक दलहरूका ठुल्ठुला जनसभाहरू आयोजना हुन थाले ।

यो महामारी नितान्त नयाँ भएको, यसको कारक विषाणुबारे पर्याप्त जानकारी अझै उपलब्ध नभएको र हाम्रा स्रोत साधन नेपालमा फैलिरहेको यसको प्रजातिगत विशेषताबारे जानकारी प्राप्त गर्न पर्याप्त उपकरण उपलब्ध गराउन तथा तत्सम्बधि आवश्यक शोधको निम्ति अपर्याप्त छन् । यस्तो अवस्थामा यसको गम्भीरताबारे आकलन गरिहाल्न त्यति सजिलो नहुनुपर्ने हो । हामी यसबारे जानकारीका लागि अझै बाहिरकै स्रोतहरूमा निर्भर छौँ । यस्तो अवस्थामा संक्रमण अनुमान गरेभन्दा फरक तरिकाले फैलिने डर रहिराख्छ ।

याे पनि पढ्नुस  चितवनमा चिकित्सक र स्वास्थ्यकर्मीसहित ८६ सङ्क्रमित

लोकराज भट्ट प्रतिनिधि पात्र मात्र हुन् । गतवर्षको जेठ ३ गते यस संक्रमणका कारण सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएयता दिनानुदिन मृत्युको ग्राफ उकालो लाग्दै गयो । तर हामीले बिस्तारै सबै कुरा पचाउँदै लग्यौँ । बिस्तारै हाम्रो दिनचर्या सामान्य हुँदै आयो । बजारहरू, कलकारखाना, कार्यालयहरू खुले, सपिङ मल, विद्यालय , र सिनेमाघरहरू फेरी भरिभराउ भए र राजनीतिक दलहरूका ठुल्ठुला जनसभाहरू आयोजना हुन थाले । यो त्यही समय थियो जब ब्रिटेन र ब्राजिलजस्ता देशहरूमा यस भाइरसको म्युटेन्ट ९आनुवंशिक रूप्मारूपन्तरित० प्रकारले हाहाकार मचाइरहेको थियो । यस अवधिमा खोप कार्यक्रम पनि सुरु भयो र राज्यले प्राथमिकताका आधारमा खोप दिन थाल्यो । सर्वसाधारण यस प्राथमिकतामा पर्न अझै केही दिन कुर्नुपर्ने हुनसक्छ ।
हुन त स्थिति यतिसम्म भयावह हुनुमा सरकारसँगै हामी जनता पनि उत्तिकै जिम्मेवार छौँ । न राज्यले संवेदनशील भएर पूर्ण तयारी गर्योन हामीले नै । तर जनताको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने लोकतान्त्रिक राज्यव्यवस्था चुक्नुलाई सामान्य रूपमा भने लिनु हुँदैन । चौध महिनापछि आएको संक्रमणको दोस्रो लहरले व्यव्स्थापनका लागि केही समय त दिएकै हो । तर त्यस अवधिमा अधिकांश समय कि त सत्ताको अंकगणित दुरुस्त पार्न खर्च गरियो, कि लोकप्रियताका निम्ति अमूर्त नाराहरूमा समय खर्च गरियो ।

यी सबै चिन्ता र चासोहरूलाई सम्बोधन गर्नुको साटो पशुपति मन्दिरमा सुनको जलहरी, माडीमा राममन्दिर, भ्युटावरजस्ता चर्चामा बढी ऊर्जा खर्च गरियो ।

उपेक्षामा जनस्वास्थ्य

नेपालमा कोरोना संक्रमण देखिएयता मात्रै हेर्ने हो भने पनि राज्यले धरहरा खडा गऱ्यो, थुप्रै अपूरा आयोजनाहरूको उद्घाटन गऱ्यो, र थुप्रै उधारा आयोजनाहरू शिल्यान्यास गऱ्यो तर महामारीकालमा मौजूदा अस्पतालहरूमा स्वास्थ्यसेवा थप्न सकेन, महामारी व्यवस्थापनको तयारी गर्न सकेन, र छिमेकमा लागेको मृत्युको डढेलोको सही आकलन गर्न सकेन ।

यस अवधिमा स्वास्थ्य सामग्री एवं आवश्यक उकरण खरिद प्रक्रियामा सरकारका मन्त्रीहरूको संलग्नता, स्थानीय निकायहरूले क्वारेन्टाइन व्यवस्थापनका नाममा मच्चाएको “लखनउ लूट”र सार्वजनिक स्वास्थ्यसंस्थाहरूको पूर्ववत् बेहालका समाचारहरू आइरहे । तर यी सबै चिन्ता र चासोहरूलाई सम्बोधन गर्नुको साटो पशुपति मन्दिरमा सुनको जलहरी, माडीमा राममन्दिर, भ्युटावरजस्ता चर्चामा बढी ऊर्जा खर्च गरियो । साथै भ्रष्टाचारमा लिप्त भनिएका आसेपासेहरूको संरक्षणमा र कहिले बेसार पानी त कहिले अम्बाको पातजस्ता चिकित्सकीय सुझावमा बढी समय खर्च गरियो ।

याे पनि पढ्नुस  अन्ततः झुक्याे सरकार: अब काेराेना परीक्षण र उपचार निशुल्क हुने

यी सबैको साटो जनताको जीवनलाई प्राथमिकतामा राखेर स्वास्थ्य संकटकालको घोषणा गर्दै आधारभूत स्वास्थ्यसेवामा जनताको सहज पँहुच प्रत्याभूत गराउने कदम बेलैमा चालिएको भए देशको स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा शैया उप्लड़भ गराउन नसकिने भन्दै हात खडा गर्नु पर्ने थिएन र थुप्रै होनहार लोकराजहरूले अनाहक ज्यान गुमाउनु पर्ने थिएन ।

सक्रिय संक्रमितको संख्या ४० हजार ननाघ्दै अस्पताल शैयाहरूको हाहाकार हुनुले सरकारका सारा तयारीहरूको पोल खोलिदिएको छ ।

हुन त २०७६ चैतमा नै सरकारको मन्त्रीपरिषदको निर्णयबाट(कोभिड-१९) विरुद्धको प्रतिकार्यको सन्दर्भमा उच्चस्तरीय समन्वय समितिको मातहतमा, सहजीकरण समिति अन्तर्गत रही प्रतिकार्यलाई प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्नका लागिु भन्दै ुकोभिड( १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर( सिसिएमसीुको स्थापना भएको छ ।

यस केन्द्रले कोभिड(१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि व्यक्तिहरूको ट्र्याकिङ, ट्रेसिङ र परिक्षण गर्ने, क्वारेन्टाइन, आइसोलेसन र उपचारको व्यवस्था गर्ने र मृतकको शव व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ । त्यसका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म एउटै चेन अफ कमाण्ड स्थापना गरिएको र यसले केन्द्रिकृत नियन्त्रण र विकेन्द्रिकृत कार्यान्वयन मार्फत स्रोत साधनको अत्युत्तम उपयोग एकिन गरेर देशमा संक्रमणको अवस्थाको निरन्तर मूल्यांकन र सुक्ष्म अनुगमन गर्दै आवश्यक रणनीति र कार्यनीति तर्जुमा गर्ने यस केन्द्रको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ ।

तर सक्रिय संक्रमितको संख्या ४० हजार ननाघ्दै अस्पताल शैयाहरूको हाहाकार हुनुले सरकारका सारा तयारीहरूको पोल खोलिदिएको छ । नेपालमा भयावह अवस्था आउनसक्ने कुराको संकेत केही हप्तादेखि भारतमा मृत्युको ताण्डव मच्चाइरहेको संक्रमणको अवस्था हेरेर नगरिएको होइन । निकै अव्यवस्थित र खुल्ला सीमानाका कारण मान्छेहरू ओइरो लागेर सीमा पार गरेर नेपाल पस्नसक्ने र त्यसले जोखिम बढाउनसक्ने खतराका वावजुद सीमामा कडाइ गर्न ढिला गरियो। कतिपय पटक त एन्टीजेन टेस्टमा पोजिटिभ आएकाको उचित निगरानी र उपचारको साटो उनीहरूलाई अन्य नागरिकसँगै बस चढाएर सीमाबाट गाउँ पठाइएका समाचार समेत आए ।

छिमेकका बाछिटा

भारतमा कोरोनाको संक्रमण अप्रत्याशित रूपमा बढ्न थालेपनि त्यहाँ कुम्भमेलाजस्ता धार्मिक आयोजन र विभिन्न राज्यमा चुनावी गतिविधिहरू यथावत् चलिरहे । त्यसको मूल्य उसले थेग्नै नसकिने संक्रमणदरका रूपमा चुकाइराखेको छ । त्यहाँ बढ्दो संक्रमणसँगै अक्सिजन, औषधि र चिकित्सकीय सेवा नपाएर मानिसहरूले ज्यान गुमाउनु परेका समाचार आएका छन् । यसरी स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाउनेमा सर्वसाधारणदेखि हाइप्रोफाइल व्यक्तिहरू समेत रहेका छन् ।
भारतमा चिकित्सक जनसंख्या अनुपात १स्१४५६ रहेको छ, जुन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको अनुपात १स्१००० भन्दा केही मुनि हो। विश्वस्तरीय स्वास्थ सेवा र जेनरिक औषधि उत्पादनमा संसारमैं नेतृत्त्वदायी स्थानमा रहेको भारतको यो दुरावस्था हाम्रालागि नजिकैबाट बजेको खतराको घंटी हो । जसले आउने दिनहरूमा जोखिम अझ बढ्नसक्ने संकेत दिन्छ ।

याे पनि पढ्नुस  प्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटको दावीः हावाबाट तीब्र गतिमा फैलिन्छ कोरोना, प्रोटोकल परिवर्तन गर्न सुझाव

हाम्रोमा चिकित्सक जनसंख्या अनुपात भारतभन्दा केही मात्र बढी ९१:१७२४० रहेको भए पनि यो अनुपात काठमाडौं उपत्यकामा १:८५० र ग्रामीण क्षेत्रमा १:१५००० रहेको तथ्यले चिकित्सा सेवाको अव्यवस्थित वितरणको पोल खोल्छ । यस्तोमा हाल बढी जसो सहर र बढी जनघनत्व भएका स्थानमा केन्द्रित संक्रमणको बलियो प्रकार यदि दूरदराजका गाउँहरूमा फैलियो भने अवस्था कति भयावह हुनसक्छ त्यसको कल्पना समेत आतंकित पर्ने खालको छ ।
हाल भारतमा अक्सिजन र केही आवश्यक औषधिहरू चरम अभाव देखिएको छ । भारत नेपालको प्रमुख औषधि निर्यातक देश हो । त्यसमा पनि धेरैजसो जीवन रक्षक औषधि अझै देशभित्र उत्पादन नहुने तथ्यांकले देखाउँछ । यस्तो अवस्थामा नेपालमा बढ्दो संक्रमणले भविष्य अझै चुनौतिपूर्ण हुने सकेत गरेको छ ।

देशभित्रका उद्योगहरू धरशायी पारेर बन्द व्यापारलाई प्रश्रय दिने संजालको सक्रियताका कारण अक्सिजनजस्तो अत्यावश्यक वस्तु समेत बाहिरबाट नै झिकाउने प्रवृत्ति हावी हुँदै आयो जसले देशभित्रका प्लांटहरू बन्द हुने अवस्था आयो ।

नियतमाथि प्रश्न
केही दिन अघि मात्र एकजना अक्सिजन प्लान्ट संचालकले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा नेपालमा चिकित्सकीय प्रयोजनको लागि भारतबाट तरल अक्सिजन झिकाइने गरेको र सरकारी निकायलाई देशभित्र पनि यस किसिमका उद्योग छ्नं भन्ने संज्ञान नलिएको गुनासो गरेका थिए ।
उनका अनुसार सरकारी उदासीनताका कारण देशभित्रका कयौं अक्सिजन प्लान्ट बन्द हुने अवस्थामा रहेका छन् ।

विपदको यस समयलाई केही कुरामा देशलाई आत्मनिर्भर बनाउन केही नीतिगत निर्णय लिन सकिन्थ्यो तर विगतदेखि नै देशभित्रका उद्योगहरू धरशायी पारेर बन्द व्यापारलाई प्रश्रय दिने संजालको सक्रियताका कारण अक्सिजनजस्तो अत्यावश्यक वस्तु समेत बाहिरबाट नै झिकाउने प्रवृत्ति हावी हुँदै आयो जसले देशभित्रका प्लांटहरू बन्द हुने अवस्था आयो । यो प्रकारले आत्मघातको अवस्था हो ।

 

कमेन्ट गर्नुहोस्