पश्चिम बंगालमा मतगणना शुरु, टिएमसी र भाजपाबीच कडा टक्कर, वामपन्थी दलहरु निकै पछाडि

कोलकत्ता । भारतको पश्चिम बंगाललगायत ५ वटा राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना शुरु भएको छ ।

आज बिहान ८ बजेदेखि मतगणना शुरु भएको थियो ।

पश्चिम बंगालमा १ सय बढी सीटको प्रारम्भिक परिणाम अनुसार, त्रिमूल कांग्रेस र भारतीय जनता पार्टीबीच कडा टक्कर देखिएको छ । मतगणनाको एक घण्टाको परिणाम हेर्दा त्रिमूल कांग्रेस ५७ सीटमा र भारतीय जनता पार्टीले ५२ सीटमा अग्रता लिएको छ ।

याे पनि पढ्नुस  बंगालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन प्रस्ताव

बंगालमा कुनै बेला एकछत्र राज गरेको माक्र्सवादी कम्युनिष्ट पार्टीको गठबन्धनले भने अहिलेसम्म ३ वटा सीटमा मात्रै अग्रता हासिल गरेको छ ।

असममा भने कांग्रेस र भाजपाबीच टक्कर छ ।

यस्ताे छ बिहान ९ बजेसम्मकाे परिणाम

कमेन्ट गर्नुहोस्