भारतको केरलामा माकपाको अग्रता, कांग्रेससँग प्रतिष्पर्धा गर्दै, भाजपा निकै पछाडि

नयाँ दिल्ली । केरला विधानसभाका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।

आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको प्रारम्भिक परिणाम अनुसार, माक्र्सवादी कम्युनिष्ट पार्टीले अग्रता लिएको छ ।

भास्कर दैनिकले अध्यावधिक गरेको तथ्यांक अनुसार, बिहान सवा नौ बजेसम्म माक्र्सवादी कम्युनिष्ट पार्टीले ८१ सीटमा अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवारहरु भने ५७ सीटमा अगाडि छन् । पश्चिम बंगालमा त्रिणमूल कांग्रेससँग निकट प्रतिष्पर्धा गरिरहेको भारतीय जनता पार्टीले भने केरलामा ३ वटा निर्वाचन क्षेत्रमा मात्रै अग्रता कायम गरेको छ ।

१४० विधानसभा सीटका लागि भएको निर्वाचनमा बहुमत प्राप्त गर्न ७१ सीट आवश्यक रहेको छ । कुनै बेला भारतीय कम्युनिष्ट पार्टी (भाकपा) बाहुल्यता रहेको राज्यमा उक्त पार्टीले भने अहिलेसम्म एक निर्वाचन क्षेत्रमा पनि अग्रता कायम गर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्