४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी (सूचीसहित)

रुपन्देही । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

नेता केसीले प्रदेश सभाका ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसँग दाबी पेस गरेका हुन् । तर प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शङ्कर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिसकेका छन् ।

याे पनि पढ्नुस  नेपालको राजनीति हाम्रो एजेण्डाभन्दा बाहिर गएको छैनः प्रचण्ड (भिडियो)

हस्ताक्षर गरेका ४२ सांसदमध्ये सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साविकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्