काठमाडौंमा निषेधाज्ञामा थप कडाइ, भोलिदेखि बेलुका पसल खोल्न नपाइने

काठमाडौं । काठमाडौंमा भोलिदेखि निषेधाज्ञामा थप कडाइ गरिने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  काठमाडौंको टोखाका ३ जनामा कोरोना संक्रमण

सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरू खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसल खोल्न नदिने निर्णय पनि गरिएको प्रजिअ पराजुलीले जानकारी दिए ।

‘बैंक तथा वित्तिय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय भएको छ,’ उनले भने, ‘मास्क नलगाउनेलाई होल्डिङमा राखेर जरिवाना गर्ने निर्णय समेत भएको छ ।’

याे पनि पढ्नुस  फुटपाथ पसल हटाउने अभियान सुरु

साथै, पत्रकारको प्रेस पासको हकमा सम्बन्धित संचारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रजिअ पराजुलीले जानकारी दिए । ‘अब प्रेस पास को-कोलाई दिने भन्ने कुरा सम्बन्धित मिडियाले उपलब्ध गराएको सूची हेरेर हामीले निर्णय गर्छौं’ उनले भने ।

कमेन्ट गर्नुहोस्