टस हारेर दिल्लीविरुद्ध ब्याटिङ गर्दै पञ्जाब

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ ।

दिल्लीले आज पनि अघिल्लो प्लेइङ-११ लाई निरन्तरता दिएको छ ।

पञ्जाबले भने प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन गरेको छ । आज पञ्जाबका नियमित कप्तान केएल राहुलले खेल्ने छैनन् ।

राहुलको अनुपस्थितिमा पञ्जाबको कप्तानी मयंक अग्रवालले गर्नेछन् । राहुल एपिन्डेसाइट्स देखिएपछि अस्पताल भर्ना भएका छन् ।

त्यस्तै, पञ्जाबले निकोलश पूरनको स्थानमा डेविड मलानलाई मौका दिएको छ । मलानको यो डेब्यू म्याच हो ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरू हुँदैछ ।

जारी सिजनमा दिल्लीले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ । पञ्जाबले सात म्याचमध्ये चारमा जित र तीन खेलमा हार ब्यहोरेको छ ।

दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (कप्तान), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, स्टिभ स्मिथ, ललित यादव, अक्षर पटेल, कागिसो रबाडा, आवेश खान र इशान्त शर्मा ।

पञ्जाबको प्लेइङ-११ : मयंक अग्रवाल (कप्तान), प्रभासीमरण सिंह, क्रिस गेल, डेविड मलान, दीपक हूडा, शाहरुख खान, हरप्रीत ब्रार, क्रिस जोर्डन, रिले मेरिडीथ, रवि विश्नोई र मोहम्मद शामी ।

कमेन्ट गर्नुहोस्