राजस्थानविरुद्ध हैदराबाद ५६ रनले पराजित

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध राजस्थान रोयल्स ५६ रनले विजयी भएको छ ।

जारी सिजनमा राजस्थानको यो तेस्रो जित हो ।

हैदराबादको भने यो छैटौँ हार हो । उसले सात म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ ।

सातौँ म्याचमा आज राजस्थानले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  राजस्थानद्वारा हैदराबादलाई १५५ रनको लक्ष्य, पहिलो खेलमै चम्किए होल्डर

उसका लागि मनिष पाण्डेले ३१, जोनी बेयरिस्टोले ३०, कप्तान केन विलियम्सनले २०, केदार जाधवले १९, मोहम्मद नाबीले १७, भुवनेश्वर कुमारले अविजित १४ र अब्दुल समदले १० रन बनाए ।

बलिङमा क्रिस मोरिस, मुस्तफिजुर रहमानले तीन/तीन, राहुल तेवटिया र कार्तिक त्यागीले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २० रन बनायो ।

याे पनि पढ्नुस  हैदराबादविरुद्ध चेन्नई ७ विकेटले विजयी

उसका लागि ओपनर जोश बटलरले शतकीय पारी खेले ।

उनले ६४ बलमा ११ चौका र ८ छक्कासहित १२४ रन बनाए । टी-२० करियरमा बटलरको यो पहिलो शतक हो । जारी सिजनमा भने उनी शतक बनाउने तेस्रो ब्याट्सम्यान हुन् ।

यो संस्करणमा राजस्थानका कप्तान सञ्जु सामसन र आरसीबीका देवदत्त पाडिक्कलले शतक बनाइसकेका छन् ।

त्यस्तै, आज कप्तान सञ्जु सामसनले ३३ बलमा दुई छक्का र चार चौकाको मद्दतमा सहित ४८ रनको योगदान दिए ।

याे पनि पढ्नुस  मुम्बईले दियो पञ्जाबलाई १९२ रनको लक्ष्य, रोहित-पोलार्ड र पाण्डेको उत्कृष्ट ब्याटिङ

एशस्वी जैसवाल १२ रनमा आउट हुँदा रियान पराग १५ र डेविड मिलर सात रनमा अविजित रहे ।

बलिङमा सन्दीप शर्मा, राशिद खान र विजय शंकरले एक/एक विकेट लिए ।

आजको जितसँगै राजस्थान पाँचौ स्थानमा उक्लिएको छ । हैदराबाद भने अंक तालिकाको पुछारमा छ ।

राजस्थानको जितसँगै यस्तो बन्यो अंक तालिका :

कमेन्ट गर्नुहोस्