लुम्बिनी प्रकरण असंवैधानिक र अलोकतान्त्रिक : प्रचण्ड [विज्ञप्तिसहित]

काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जानएको छ । पार्टी अध्यक्ष प्रचण्डले आज विज्ञप्ति जारी गर्दै लुम्बिनीमा आज भएको राजनीतिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आव्हान, मुख्यमन्त्रीको राजीनामा, अल्पमतमा रहेका शंकर पोखरेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्ति र ४२ जना प्रदेश सभा सदस्यहरुको बहुमत हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष सपथ ग्रहण रोकी नियुक्ति बदरको निम्ति भइरहेको संघर्षप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसबारे सतर्कता अभिवृद्धि गर्न प्रचण्डको अपील

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शंकर पोखरेलले पुनः सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन नभई अनैतिक र असंवैधानिक रहेको उल्लेख गरेका छन् ।

‘राजीनामालाई सकारात्मक रूपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ,’ उनले भनेका छन् ।

साथै, प्रचण्डले प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्विनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक शुरू, ओली पनि सहभागि

‘आजै गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी दल, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका बहुमत सांसदहरुले हस्ताक्षर सहितको निवेदन मात्र होईन, भौतिक रुपमै प्रदेश प्रमुख समक्ष उपस्थित भए । यसरी बहुमत सांसदहरूका समर्थन रहेका अविश्वास प्रस्तावमा प्रस्तावित गरिएका मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १६८ (२) अनुरूप मुख्यमन्त्रीमा नियुक्ति गर्नुको बदला प्रदेश प्रमुखले अल्पमतमा रहेका (३७ जनाका समर्थन)शंकर पोख्रेललाई संविधानको धारा १६८ ९१० अनुरुप नियुक्ति गरे । उक्त असंवैधानिक र अलोकतान्त्रिक निर्णयको हामी निन्दा गर्दछौं । प्रदेश प्रमुखको कार्यालयमा सांसदहरुबाट भइरहेको संघर्षप्रति ऐक्यवद्धता जनाउँछौँ,’ प्रचण्डले भनेका छन्, ‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्विनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौं ।’

याे पनि पढ्नुस  पार्टी एकताबाट श्रमजीवी खुशी, दलाल र पूँजीवादी चिन्तित छन्ः प्रचण्ड (भिडियोसहित)

प्रचण्डद्वारा जारी वक्तव्य :

कमेन्ट गर्नुहोस्