पश्चिम बंगालमा वामपन्थीको पत्तासाफ, ममताले बाजी मारिन, भाजपाको आकस्मिक उदय

काठमाडौं । इतिहासको कुनै कालखण्डमा गल्ली, चोक र बस्तीहरुमा हसियाँ हथौडा देखिन्थे । पश्चिम बंगाल भन्नेबित्तिकै कम्युनिष्ट सरकार भन्ने आभास हुन्थ्यो, मजदूर किसानका कुरा हुन्थे । ज्योती बसुको निरन्तर राज्य चलेको थियो ।

तर इतिहास उही रहेन । २०२१ सम्म आइपुग्दा अब बंगालमा बामपन्थ एउटा इतिहास बनेको छ । वर्तमानमा वामपन्थको पत्तासाफ भएको छ । किन यसो भयो ? यो कुरा वामपन्थीहरुले नै खोज्नुपर्छ ।

याे पनि पढ्नुस  पश्चिम बंगालमा मतगणना शुरु, टिएमसी र भाजपाबीच कडा टक्कर, वामपन्थी दलहरु निकै पछाडि

पांचवटा राज्यमा सम्पन्न विधानसभा निर्वाचनमध्ये पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीको पार्टी टीएमसीले फेरि ऐतिहासिक जित हात पारेको छ । पश्चिम बंगालमा मुख्यमन्त्री बेनर्जी आफु पराजित भएपनि उहांको दल टीएमसीले २ सय १४ सीट जितेको छ भने बीजेपीले ७६ सीट ेको छ ।

साम्प्रदायिक पार्टीको उपमा पाउँदै आएको भारतीय जनता पार्टीको बंगालमा देखिएको बलियो उपस्थिति र वामपन्थीहरुको लज्जास्पद हारले पक्कै पनि भारतका वामपन्थीहरुलाई झस्काएको हुनुपर्छ ।

याे पनि पढ्नुस  बंगालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन प्रस्ताव

सन् २०१६ को निर्वाचनमा भने यस राज्यमा बीजेपीले तीन सीटमात्र जितेको थियो ।

तमिलनाडुमा मुख्य क्षेत्रिय विपक्षी पार्टी डिएमके सत्तामा आएको छ । केरलामा बाम गठबन्धनले बहुमत हासिल गरेको छ । बीजेपी गठबन्धनले भने यहां कुनै सीट जितेन बीजेपीले असाममा भने जित हासिल गरेको छ ।

याे पनि पढ्नुस  बंगालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन प्रस्ताव

असममा बीजेपी नेतृत्वको गठबन्धनले बहुमत ल्याएको छ भने पोडचरीमा पनि यही गठबन्धनको अग्रता छ । यो चुनावलाई सन् २०१९ पछि लगातार दोस्रो पटक केन्द्रको सत्ता सम्हालेको बीजेपीको मध्यावधी समीक्षाका रुपमा समेत हेरिएको थियो ।

निर्वाचनमा विपक्षी कांग्रेस पार्टीले भने नराम्रो हार व्यहोरेको छ ।

कमेन्ट गर्नुहोस्