नेपालको टी–२० र वानडे वरियतामा सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सार्वजनिक गरेको नयाँ टी–२० र वानडे वरियतामा नेपालले सुधार गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुवै प्रारूपमा एक/एक स्थान सुधार गरेको हो । आईसीसीको नयाँ वरीयतातर्फ टी–२० मा नेपाल १४औँ बाट १३ औँ स्थानमा उक्लिएको छ ।

याे पनि पढ्नुस  नेपाललाई आपत्कालीन सहयोग आवश्यकः डब्ल्यूएचओ

स्कटल्याण्डलाई पछि पार्दै नेपाल १३ औँ स्थानमा उक्लिएको हो । हालै घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक सिरिजमा उपाधि हात पारेपछि नेपालले वरियतामा सुधार गरेको हो ।

नयाँ टी–२० वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड कायमै छ । दोस्रो, तेस्रो, चौथो र पाँचौमा क्रमशः भारत, न्यूजिल्याण्ड, पाकिस्तान र अष्ट्रेलिया छन् ।

याे पनि पढ्नुस  जापान नेपालको असल मित्र राष्ट्र

एकदिवसीय वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल वानडे वरियतामा १७ औँ स्थानमा थियो ।

एकदिवसीय वरियतामा न्यूजिल्याण्ड शीर्ष, अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्