एमाले सांसद पाण्ड कांग्रेस प्रवेश

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।

सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर स्वागत गरे । उनलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने पनि घोषणा गरे ।

याे पनि पढ्नुस  गढीमाई-२ मा कांग्रेस उम्मेद्‍वार श्रेष्ठ विजयी

पाण्डेले आइतबार प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए । उनी कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ को एकबाट विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्