उपत्यकामा मात्रै थपिए ३६६६ संक्रमित, अन्य कहाँ कति ?

काठमाडौं । आज काठमाडौं उपत्यकामा ३६६६ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ संक्रमित थपिएका छन् ।

त्यस्तै, रुपन्देहीमा ६१९, बाँकेमा ४४०, कास्कीमा ३५५, मोरङमा ३६२ संक्रमित थपिएका छन् ।

सोमबार प्रदेश १ मा ५८७, प्रदेश २ मा ३२७, बागमतीमा ४१३२, गण्डकीमा ५२८, लुम्बिनीमा १५१८, कणालीमा र सुदूरपश्चिममा २५४ संक्रमित थपिएका छन् ।

सोमबार नेपालमा ७४४८ जनामा संक्रमित पुष्टि भएको छ भने ३७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्