संसद् बैठक सञ्चालन गर्नका लागि सभामुखद्वारा विज्ञसँग छलफल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेपछि सभामुख सापकोटाले बैठक सञ्चालनका विषयमा विज्ञसँग छलफल गरेका हुन् ।

विशेषज्ञहरूले भने सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । उनीहरूले बैठक सञ्चालन गर्नुअघि सबै सांसदको कोरोना संक्रमण परीक्षण गर्न, बोल्दा मास्क नखोल्न, बसेको सिट परिवर्तन नगर्न पनि सुझाव दिएका छन् ।

याे पनि पढ्नुस  संसद् अधिवेशन अन्त्यबारे सरकारले सल्लाह गरेनः सभामुख सापकोटा

सभामुख सापकोटाले छलफलमा आएका सुझाव कार्यव्यवस्था परामर्श समितिमा पेश गरिने बताएका उनको सचिवालयले जनाएको छ ।

सभामुखसहित स्वास्थ्य क्षेत्रका विशेषज्ञ टोलीले नयाँ मापदण्ड अनुसारको बसाइ व्यवस्थापनको अवलोकन गरेका थिए । छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइराला, विज्ञ चिकित्सक डा. लोचन कार्की, डा. सुरेश तिवारी, डा. अनुप सुवेदी, डा. अमृत पोख्रेल, डा. सागरकुमार राजभण्डारीलगायत सहभागी थिए ।

याे पनि पढ्नुस  सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित, को हुन् सापकोटा ?

कमेन्ट गर्नुहोस्