स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं : मोरङको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीको टोलीले ११ लाख ५० हजार नेपाली रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षिय अमोद यादव र भारतमा घर बताउने १८ वर्षिय अभिषेक चौधरी छन् ।

याे पनि पढ्नुस  अनैतिक यौन सम्बन्धका कारण हत्या, श्रीमान् श्रीमती पक्राउ

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा पक्राउ गरेको हो । उनहरुले सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

याे पनि पढ्नुस  ६० हजार घूससहित प्रहरीका सई पक्राउ

पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्