दाङमा २१ दिने शिशुमा पनि कोरोना सङ्क्रमण

दाङ : दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा आज (सोमबार) गरिएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो ।

सोमबार नै वडा नम्बर १५ कै एक महिने अर्का शिशुसहित ६० जनामा कोरोना सङ्क्रमण देखिएको हो । घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा २ सय ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय एक जनामा पोजेटिभ देखिएको हो ।

याे पनि पढ्नुस  २४ दिनका शिशुले जिते कोरोना

सङ्क्रमित हुनेहरूमा घोराही र तुलसीपुरका धेरै छन् । योसँगै दाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८ सय नाघेको छ । अहिलेसम्म दाङमा कोरोनाबाट ८१ जनाको ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस्