सेती प्रादेशिक अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु

धनगढी, कैलालीमा कोरोना संक्रमणबाट कैलालीमा थप ६ जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार यस्ताे छ निधन हुनेहरुकाे विवरणा

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला: मंगलबार बिहान साढे २ बजे । उनकाे गत १२ गते पीसीआर रिर्पोट पोजेटीभ आएको थियो ।

याे पनि पढ्नुस  अस्पतालको फोहोरले महामारीको खतरा

वडा नम्बर १३ का २२ वर्षीय पुरुष: सोमबार राति साढे ११ बजे, सोमबार मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुष: एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मंगलबार बिहान ३ बजे मृत्यु

याे पनि पढ्नुस  धरानमा कोरोनाबाट थप एक जनाको मृत्यु

दार्चुलाको मालिकार्जुन गाउंपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुष:  एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएको, सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति ९ बजेको समयमा मृत्यु

बझाङका २६ वर्षीय पुरुष:  १४ गते एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएको, सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेको समयमा मृत्यु

याे पनि पढ्नुस  कोरोनाबाट मृत्यु हुने दर बढ्यो, बीरगञ्जमा २, धरानमा १ र चितवनमा थप १ को मृत्यु

बर्दियाका ३० वर्षीय पुरुष: सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर रिपोर्ट पोजेटीभ आएको, राति २ बजेको समयमा उपचारको क्रममा मृत्यु

कमेन्ट गर्नुहोस्