चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

झापा । भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।

याे पनि पढ्नुस  खोटाङमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन् ।

याे पनि पढ्नुस  चाबहिलमा घर भत्काउने क्रममा एक जनाको मृत्यु

कमेन्ट गर्नुहोस्