भक्तपुरमा तीन आमाछोरी डेरामा अचेत अवस्थामा भेटिए, एक छोरीको मृत्यु

काठमाडौं । भक्तपुरमा तीन आमाछोरी आफ्नै डेरामा अचेत अवस्थामा फेला परेका छन् ।

सोमबार राति काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका–३ गुडुवाल घर भई हाल सुर्यबिनायक नगरपालिका १० मिलनचोकमा डेरा गरी बस्ने आमा ४० वर्षीया शान्तीमाया तामाङ, छोरीहरु १८ वर्षीया अनिता र २२ वर्षीया सुनिता अचेत फेला परेका थिए ।

याे पनि पढ्नुस  जीप दुर्घटनामा आमा र छोराको मृत्यु, बाबु र छोरी घाईते

तीमध्ये छोरी सुनिताको उपचारको क्रममा मृत्यु भएको छ ।

आमा शान्तीमाया र छोरी अनिता बेहास रहेको र उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

‘कोठाभित्र मकलमा बालेको कोइला भेटिएको छ । सबै झ्यालढोका भित्रबाट बन्द गरिएको परिसर प्रवक्ता दीपक गिरीले बताए । अक्सिजनको कमी भएकाले घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

याे पनि पढ्नुस  वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

कमेन्ट गर्नुहोस्