ललितपुरका सिडिओमा संक्रमण पुष्टि

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले तीन दिनअघि स्टार अस्पतालमा पीसीआर परीक्षण गराएका थिए । आज आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

अहिलेस्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी जिल्ला प्रशासन कार्यालयकै क्वाटरमा आइसोलेसनमा बसेका छन् । त्यसैबाट कार्य गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्